आफ्नो नेतृत्वको सरकारका कारणले अर्थतन्त्र ध्वस्त नभएको एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट पारेका छन् ।
अर्थतन्त्र ध्वस्त ओली नेतृत्वको सरकारका कारण भएको भन्नेहरूको मानसिक अवस्था ठीक नभएको उनले बताए ।
अध्यक्ष ओलीले ९ महिना सरकारको नेतृत्व गर्दा नै अहिलेको सरकारले अर्थतन्त्र ध्वस्त पारेको विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै आरोप लगाए ।
अहिलेको सरकारले पहिलेको सरकारका कारण यस्तो भयो भन्नु मानसिक असन्तुलनको उपज भएको उनले बताए ।ओलीले गठबन्धन दलको सरकार भ्रष्ट भएकाले ‘डस्टबिन’मा फाल्नुपर्ने समेत बताए । ‘गठबन्धनको भ्रष्ट सरकारलाई एमालेले डस्टबिनमा फाल्छ,’ उनले भने, ‘९ महिनामा अर्थतन्त्र ध्वस्त पार्ने अनि पहिलेको सरकारले यस्तो गर्यो भन्ने कुरा मानसिक सन्तुलनमा समस्या हो कि भन्ने सन्देह पैदा हुन्छ ।’
एमाले २–४ जना र २–४ जनाको पार्टीको गठबन्धनसँग नडराउने समेत उनले बताए । उनले राप्रपा र विप्लबसँग चुनावी सहकार्य हुनसक्ने समेत बताए ।‘चुनाव सार्ने गठबन्धनवालाहरूको षड्यन्त्र असफल भएको थियो, फेरि त्यही षड्यन्त्र जगाउने गरी विप्लवलाई अगाडि देखाउने हो कि भन्ने शंका उत्पन्न भएको छ,’ उनले भने ।
नेकपा एमाले नेतृत्व सरकार रहदा नेपालमा आर्थिक संकटक अवस्था नआएको तर देउवा नेतृत्व सत्ता गठबन्धनको सरकार आएपछि आर्थिक संकट पनि आउन लागेको ओलीले बताए ।
