नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको तस्वीर प्रयोग गरिएको चुनावी प्रचार सामग्री नेकपा माओवादी केन्द्रले हटाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको प्रचार सामग्रीमा कुलमानको तस्वीर प्रयोग गरिएपछि चौतर्फी आलोचना भएको थियो ।

कुनै जानकारी नदिएर तस्वीर दुरुपयोग गरेको भन्दै घिसिङले आपत्ति जनाउदै चुनावी प्रचार सामग्रीबाट आफ्नो तस्वीर हटाउन माओवादी केन्द्रलाई आग्रह गरेपछि प्रचण्डको फेसबुक पेजबाट उक्त सामग्री हटाइएको छ ।

