बालुवारमा सत्ता गठबन्धनको आबद्ध दलहरुको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले दिएको जानकारी अनुसार स्थानीय तह निर्वाचन सन्दर्भमा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।
उक्त सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत नेता सहभागी रहेको बताइएको छ ।
उक्त बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेलको विषयमा छलफल र थप निर्णय गर्ने जनाइएको छ ।
