केपी ओलीले किन माधव कुमार नेपाललाई कानमा बसेकोे चमेरो भने ?

२९ चैत्र २०७८, मंगलवार १६:५४

माधव कुमार नेपाललाई पार्टी महासचिव, प्रधानमन्त्री र वरिष्ठ नेता मान्दा अपमान भएको तर काँग्रेसले कानमा बसेकोे चमेरो भन्दा अपमान नभएको भन्दै काँग्रेस नेताहरुलाई अझै भन्न नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुझाव दिएका छन् ।

वरिष्ठ नेता भनेर मान्दा माधव नेपाललाई अपमान भयो, काँग्रेसमा छिछि दुरदुर गर्दा पनि अपमान भएको नमान्दा माधव नेपालहरुलाई चमेरो भन्न लायक नै भएको आज ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बताए ।