पाँच दलको गठबन्धनलाई ‘पाँच मुखे खन्चुवा’ को संज्ञा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएका छन् ।
देशभर एमालेको पक्षमा जनमत भएकाले नेपाली जनता एमालेलाई जिताउन चुनावको प्रतीक्षामा रहेको नेकपा एमाले बझाङले आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्न बझाङ पुगेका ओलीले चुनावी सभामा बोल्दै दाबी गरे ।
परमादेशबाट एमालेको सरकार ढले पनि जनताको मनबाट नढलेकोले बताउँदै अध्यक्ष ओलीले ज्येष्ठ नागरिक भत्ता र कर्मचारीको तनखासमेत खुवाउन नसक्ने अवस्थामा पुग्न लागेको बताए । कार्यक्रममा अध्यक्ष ओलीले आफू सरकारमा रहँदा बृद्ध भत्ता पाँच हजार पुर्याउने भनेको तर अहिलेको सरकारले ज्येष्ठ नागरिक भत्ता नै दिन नसक्ने अवस्था ल्याएको बताए ।
आफ्नो सरकारले कोभिड लागेको बेला समेत कर्मचारीको तलब बढाएको तर बर्तमान सरकार तलब भत्ता खुवाउन नसक्ने अवस्थामा रहेको भन्दै बर्तमान सरकार देश बनाउन नभई लुट्न बसेको पाँचमुखे खन्चुवाहरूको गठबन्धन भएको बताए । राष्ट्र बैंकको गभर्नर निलम्बन प्रकरणका विषयमा बोल्दै अध्यक्ष ओलीले वर्तमान अर्थमन्त्रीले विरालोलाई रिस उठे खाँबो चिथोने गरेको जस्तो व्यवहार देखाएको बताए ।
बर्तमान सरकारले चुनाव गर्न नचाहेकाले कानुन परिवर्तन गरेर, अध्यादेश ल्याएर चुनाव पर सार्न खोजिएको दाबी उनले गरे । उनले भने, ‘बर्तमान सरकारले आफूलाई अजम्बरी बुटी पाएको सरकार सोचेको छ । एमालेले चिताएको सात दिनमा यो सरकारको जरा उखेलेर फालिदिन्छौँ । हाम्रो पार्टी चुनाव नबिथोलियोस् भनेर चुप बसेको छ ।
