
वैदेशिक रोजगारीका लागि विदेशिएका नेपाली नागरिकलाई सरकारले सार्वजनिक निष्काशन (आईपीओ तथा एफपीओ) मा आरक्षण दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले त्यसका लागी लागि सरकारले आवश्यक प्रकृया सुरु गरिसकेको जानकारी दिए ।
उनले भने‘ रोजगारीका लागि विदेशमा रहेका नेपाली युवालाई साधारण सेयर आईपीओ र फर्दर पब्लिक अफरिङ एफपीओमा आरक्षण दिइनेछ ।’ उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएको समेत अर्थमन्त्री जनार्दन शर्माले बताए। उनका अनुसार मुख्य सचिवको नेतृत्वमा यस विषयलाई अन्तिम आकार दिने गरी प्रस्ताव अगाडि बढाइएको छ ।
सरकारले रोजगारीका लागि विदेशमा रहेका र नेपालमा वैधानिक रुपमा पैसा पठाउने नेपाली नागरिकलाई आरक्षणमा सेयर दिने भएको हो । धितोपत्र बोर्डले पनि यसअघि नै विदेशमा रहेका नेपालीलाई आईपीओ आरक्षणमा दिने र विप्रेषण वैधानिक रुपमा ल्याउनु राम्रो हुने र यो आवश्यक रहेको बताउँदै आएको थियो ।
रेमिट्यान्स पठाउने नेपालीलाई आपीओमा आरक्षण दिन सम्बन्धमा धितोपत्र बोर्डले अध्ययन समिति गठन गरी उक्त समिति मार्फत समेत सुझाव दिइसकेको छ । उक्त अध्ययन प्रतिवेदनले पनि रोजगारीका लागि विदेशमा रहेका र नेपालमा वैधानिक रुपमा विप्रेषण पठाउने नागरिकलाई आरक्षणमा सेयर दिन सुझाव छ ।
