गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले कारबाही गर्नु सही भएको प्रधानमन्त्री देउवाको दाबी

२८ चैत्र २०७८, सोमबार १६:३५

गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाही सही भएको प्रधानमन्त्री शेरबहादुर देउवाले दाबी गरेका छन्।

गभर्नर अधिकारीले सरकारलाई सहयोग नगरेकाले निलम्बन गरेको सत्ता गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीले देवाले बताएका हुन्। प्रधानमन्त्रीको भनाइलाई उदृत गर्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने, ‘सरकारलाई सहयोग नगरेपछि हामीले उहाँलाई कारबाही गरेका हौँ। सरकारको निर्णय सही छ।’

सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि अर्थमन्त्री शर्माको चौतर्फिक रुपमा आलोचना भएको छ । अर्थमन्त्री शर्माको चौतर्फिक रुपमा आलोचना आएपछि आज अर्थमन्त्री शर्माले पत्रकार सम्मेलनमार्फत प्रकाश पार्दै छन् ।