प्रमोद खरेलको स्वरमा रहेको ‘म के गरु’ बोलको गित सार्वजनिक (भिडियोसहित)

२८ चैत्र २०७८, सोमबार १४:५१

प्रमोद खरेलको स्वरमा रहेको ‘म के गरु’ बोलको गित सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको यो गितमा बरिष्ठ गितकार रामचन्द्र लामगादेले शब्द भरेका छन ।

महेश खड्काको संगित रहेको गितको भिडियोमा सृष्टि खड्का र महेश खड्काको अभिनय रहेको छ । गितलाई एप्पल मिडियाले बजारमा ल्याएको छ । म्यूजिक भिडियोको निर्देशक शैलेश भुसालले गरेका छन ।

गित सार्वजनिक कार्यक्रममा शब्द एंवम गितकार रामचन्द्र लामगादेले आफ्नो दोस्रो गित म के गरु बजारमा ल्याएको बताउँदै आगामी दिनमा पनि लोक गितहरु समेत बजारमा ल्याउने तयारी भएको बताए ।

उनले गित निकाल्नका लागि सहयोग गर्ने एप्पल मिडिया परिवारलाई धन्यवाद समेत दिएका थिए । लामगादे नेपाल सरकारका उपसचिव समेत हुन । अहिले रामेछाप नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा कार्यरत छन ।

गित सार्वजनिक कार्यक्रममा एप्पल मिडियाका अध्यक्ष श्रीधर खनालले म के गरु गित युवापुस्तालाई समेटेर ल्याइएको बताए । उनले आगामी दिनमा समेत यस्ता गितहरु बजारमा ल्याइनु्पर्नेमा जोड दिएका थिए ।