निर्वाचनमा तालमेल गरेर निर्णय पठाउने म्याद के कारण थपियो ?

२७ चैत्र २०७८, आईतवार २०:३८

स्थानीय तह निर्वाचनमा तालमेल गरेर निर्णय पठाउने विषयमा सत्तारुढ गठबन्धनका दलले म्याद थप गरेको छ ।

जिल्लास्तरमा कुन पालिकामा कुन दलको उम्मेदवार रहने भन्ने विषय टुंग्याएर सिफारिस गर्ने निर्णय सत्तारुढ गठबन्धन परिचालन अनुगमन समितिको बैठकले समय थप गरेको एक नेताले बताए ।

यो भन्दा पहिले जिल्लास्तरमा तालमेलको सहमति जुटाएर केन्द्रमा पठाउन २६ चैतसम्मको समय दिइएको थियो । गठबन्धनले स्थानीय तह निर्वाचनको विषयमा सोमबार संयुक्त अपिल जारी गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताएका हुन् ।