रामेश्वर थापाद्वारा सन्चालित सिम्रिक एअरको हेलिकप्टर चढेर एमाले अध्यक्ष केपी शर्मा ओली चैत २६ गते शनिबार पर्वतको सदरमुकाम कुश्मा पुगेका छन्। उनी पाँच जनाको टोली लिएर १२ः४५ बजेतिर काठमाडौंबाट उडेका हुन्।
एमाले नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारी भने बुद्ध एयरको उडानबाट हिजो बिहान साढे ७ बजे काठमाडौंबाट पोखरा गएका थिए। त्यसैगरी राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि हिजो यति एयरलाइन्सको उडानबाट ७ः४५ बजे पोखरा गएका थिए । तिमिल्सिना चढेको विमानमा पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पनि थिए ।
