एमालेबाट अर्थमन्त्री भएका तीन नेताहरु सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेको विषयमा के व्याख्या गर्दै छन् ?

२७ चैत्र २०७८, आईतवार ११:४८

एमालेबाट अर्थमन्त्री भएका तीन नेताले गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको विषयमा आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।

पूर्वअर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे, विष्णु पौडेल र युवराज खतिवडाले गभर्नर अधिकारी निलम्बन र अहिलेको विश्व अर्थतन्त्रमा परेको प्रभावका विषयमा संयुक्त पत्रकार सम्मेलनमा व्याख्या गर्ने भएका हुन्।

उक्त पत्रकार सम्मेलन कार्यक्रम होटल हिमालयमा १२ः ३० बजे आयोजना गरिएको छ ।
सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेपछि एमालेबाट अर्थमन्त्री भएका तीन नेताले पत्रकार सम्मेलनमा व्याख्या गर्ने भएका हुन् ।