प्रचण्डको ५४ सीट आउने हो तर ४ सीट आउँदैन : अध्यक्ष ओली

२५ चैत्र २०७८, शुक्रबार १६:१२

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई भस्मासुर महाभारतको एक पात्र_को संज्ञा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएका छन् । आफूले वरदान दिएर उनीहरूलाई पार्टीमा बहुमत बनाइदिए पनि आफ्नै टाउकोमा हात ल्याएको टिप्पणी ओलीले गरे ।

प्रचण्ड र माधव नेपालले विगतमा एमालेले बनाइदिएको जनमतको दुरुपयोग गरिरहेको एमाले निकट स्वास्थ्यकर्मीहरूको संस्था राष्ट्रिय स्वास्थ्यकर्मी संघको चौथो महाधिवेशनलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै ओलीले आरोप लगाएका हुन् ।

प्रचण्ड र माधव नेपालले पार्टीभित्र मेजोरिटीको दुरुपयोग गरेर म विरुद्ध षड्यन्त्र गरे । कस्ता भस्मासुर मैले वरदान दिए मेरै टाउकोमा हात ल्याउँछन्,’ ओलीले भने, ‘आजको दिनमा प्रचण्डको ५४ सीट आउने हो यो देशमा  ४ सीट आउँदैन भनेर हामीसँग मिल्न आएको होइन माधव नेपाल २२ सीट ल्याउने हुति भएका मान्छे हुन् .