पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूबीच चुनावी तालमेलको मोडालिटीबारे छलफल हुदै

२५ चैत्र २०७८, शुक्रबार १२:१५

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ।

उक्त बैठकमा देउवासहित पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू उपस्थिती भएका छन्। बैठकमा स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटीबारे दलहरुका नेताबीच छलफल भइरहेको जनाएको छ।

यस्तै निर्वाचनको तयारी, चुनौती तथा समसामयिक विषयमा पनि छलफल जारी रहेको जनाइएको छ।