नेकपा माओवादी केन्द्रले सन्धिखर्क नगरपालिकाकाे मेयरमा श्रीधर खनाललाई उठाउने तयारी गरेको छ ।
पार्टीको प्रदेश कमिटी बैठकले मेयरमा खनालको नाम प्रस्ताव गरेर केन्द्रमा पठाएको हो । केन्द्रबाट निर्णय भएपछि खनालले उम्मेदवारी दिने तयारी थालिने बताएका छन ।
खनाल हाल माओवादीकाे प्रदेश कमिटीमा रहेर काम गर्दै आएका छन । उनी पार्टीमा विगत लामो समयदेखि क्रियाशील छन ।
विशेषगरी पार्टी अप्ठ्यारोमा परेका बेला उनले महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन र, अर्घाखाँचीकाे विकासलागि खनाल काठमाडौंमा बसेर महत्त्वपूर्ण लबिङ गर्दै आएका छन् ।
