किन विप्लव नेतृत्वको नेकपाले निर्वाचनमा भाग नलिने निर्णय गर्‍यो ?

२४ चैत्र २०७८, बिहीबार १६:११

विप्लव नेतृत्वको नेकपाले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियालाई भेटेर कपिलवस्तुमा सम्पन्न केन्द्रीय कमिटि बैठकबाट निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ।

नेकपाले आयोगका प्रमुख आयुक्त थपलियालाई बिहीबार भेटेर बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो।

आयोग पुगेका पार्टीका प्रवक्ता प्रकाण्डले पत्रकारसँग चुनावमा भाग लिने बताए । उनले भने, चुनावमा भाग लिने हो । त्यहिकारण हामी छलफलका लागि यहाँ आएका हौं । भेटमा पार्टी प्रवक्ता प्रकाण्डले दल दर्ताबारे आयोगसँग परामर्श गरेका थिए । यस्तै, निर्वाचनमा सहभागिताबारे छलफल भएको थियो । साथै आयोगले निर्वाचन सन्दर्भमा गरेको तयारीबारे जिज्ञासा राखेको थियो।