नेपाल टेलिकमको प्रबन्ध निर्देशकको प्रतिष्पर्धामा तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिश भएको छ । खुल्ला प्रतिष्पर्धाबाट दरखास्त आव्हान गरिएकोमा ९ जनालाई अन्तवार्ता र प्रस्तुती गर्न दिएपछि तीनजनाको नाम छानेर मन्त्रिपरिषदमा सिफारिश भएको छ ।
आज बस्ने मन्त्रिपरिषदको बैठकले नियुक्तिको निर्णय लिनेछ । सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको समितिले छानेका नामहरुमा संगीता पहाडी अर्याल, सुरज सिंह थापा र सुशील पौडेलको नाम सिफारिश भएको छ ।
अर्याल र थापा नेपाल टेलिकमकै कर्मचारी हुन् । पौडेल भने सूचना प्रविधि केन्द्रमा छन् । अर्याल टेलिकमको प्रमुख व्यवसायिक अधिकृत हुन् । दूरसञ्चार इञ्जिनियरिङ्ग उनको प्रतिष्पर्धी सुरज सिंह थापा टेलिकमकै कर्मचारी भएपनि प्राविधिक होइनन् । उनी मानव संशोधन फाँटका प्रमुख हुन्
