सामान ढुवानी गरेको पत्र नभएका २ ट्रकलाई सशस्त्र प्रहरीको सीमा सुरक्षामा खटिएको टोलीले नियन्त्रणमा लिएको छ। प्रज्ञापनपत्र नभएका २ ट्रक डेढ करोड रुपैयाँ बराबरको सामान बोकेर वीरगन्जबाट पथलैया जाँदै गरेको अवस्थामा ना ७ ख ९४२ र ना २ ख ९५४३ नम्बरका ट्रकलाई सशस्त्र प्रहरी बलको टोलीले गएराति नियन्त्रणमा लिएको हो।
ना २ ख ९५४३ नम्बरको ट्रकमा ९४ लाख ५३ हजार रुपैयाँ बराबरको मेडिकल सामग्री र ना ७ ख ९४२ नम्बरको ट्रकमा ५२ लाख रुपैयाँ बराबरको कपडासहितको सामान रहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले दुवै ट्रकलाई कारबाहीका लागि आज राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाएको जनाएको छ। सशस्त्रका अनुसार ट्रकको भन्सार दाखिला मूल्य २५ लाख रुपैयाँ रहेको छ।
