नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा गएको आकलनसँगै शेयर बजारमा ठूलो गिरावट

२२ चैत्र २०७८, मंगलवार १६:०१

सेयर बजार परिसूचक नेप्से ओरालो लाग्ने क्रम निरन्तर छ । साताको तेस्रो दिन आज नेप्से ४६.४६ अंकले घटेर २ हजार ४ सय ५२.०६ बिन्दुमा आइपुगेको छ ।

आज ५८ लाख ४१ हजार ९ सय ९८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३ सय ३८ रूपैयाँको कारोबार भएको छ ।

मंगलबार होटल एन्ड टुरिजमबाहेक सबै समूहको सूचक घटेको छ । लाइफ इन्स्युरेन्स ३.१, नन लाइफ इन्स्युरेन्स २.९१ र फाइनान्स समूहको सूचक २.७२ प्रतिशतले घटेको छ ।

बजार लगातार घटिरहँदा नेस्डो र राष्ट्र उत्थान लघुवित्तको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।