पीएनजीलाई कति रनले पराजित गर्दै नेपालले उपाधि जित्यो ?

२१ चैत्र २०७८, सोमबार १५:५७

त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेट गुमाएर १६८ रन जोडेको थियो । १६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११८ रन मात्रै बनाउन सक्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ खेले । साथै उनले आजकै खेलबाट टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।

दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
सिरिज नेपाल, पीएनजी र मलेसियाको बीचमा भएको थियो । लोकान्तरबाट