युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीले यो वर्ष पनि लाभांश नपाउने

२१ चैत्र २०७८, सोमबार १३:३४

युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडका सेयरधनीले यो वर्ष पनि लाभांश नपाउने भएका छन् ।

चैत २० गते आइतबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

इन्स्योरेन्सको सोही बैठकले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गरी गत आवबाट कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनी सचिव अनिल गुरागाईले जानकारी दिए ।

कम्पनीको यो निर्णयसँगै सेयरधनीले गत आर्थिक वर्ष २०७७।७८ बाट पनि लाभांश नपाउने भएका हुन् । यसअघिका विगत पाँच वर्षयता आव २०७३/७४ देखि २०७६/७७ सम्म पनि लगानीकर्ताले लाभांश पाउन सकेका थिएनन् । कम्पनीले आव २०७२/७३ बाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।