२०७९, ७ जेष्ठ शनिबार

अर्घाखाँचीमा टाइफाइड रोग विरुद्धको खोप अभियान कहिले देखि सञ्चालन हुदैछ ?

आगामी शुक्रबारदेखि अर्घाखाँचीमा टाइफाइड रोग विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । अभियान १८ वैशाखसम्म सञ्चालन हुनेछ ।

खोप अभियानका सदस्य सचिव रामप्रसाद गौतमले १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिइने जानकारी दिए ।

खोप लगाउने बालबालिका विद्यालयमा बढी हुने भएकाले २०० भन्दा बढी विद्यार्थी भएको स्थानमा विद्यालयमै खोप केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ । खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मीसहित, स्वयंसेविका र शिक्षक परिचालित हुने छन् ।

१५ महिनादेखि १५ वर्षभित्रका करिब ४७ हजार बालबालिकाहरूलाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य लिइएको खोप अभियानका प्रमुख तथा जिल्ला समन्वय प्रमुख पिताम्बर भुसालले जानकारी दिए । खोप अभियान अन्तर्गत अर्घाखाँचीमा ४ सय २३ खोप केन्द्र कायम गरिएको छ ।

 


प्रकाशित | २०७८, २१ चैत्र सोमबार १२:०५

Leave a Reply

Your email address will not be published.