तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

२० चैत्र २०७८, आईतवार १२:३८

आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, इमर्जिङ नेपाल र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको हो । बजार खुलेको एक घण्टाको अवधिमा कारोबारमा आएका २१८ वटा कम्पनीमध्ये तीन कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको हो ।

नेप्सेका अनुसार राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य १० प्रतिशत बढेर १४५१.४० रुपैयाँ पुगेको छ । यस्तै इमर्जिङ नेपालको सेयरमूल्य ९.९९ प्रतिशत बढेर १३४७.२० रुपैयाँ र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशत बढेर ११६१.२० रुपैयाँ पुगेको छ ।

तीन वटै कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन तथा बाँडफाँड गरेर कारोबार खुलेको हो । भर्खरै कारोबारमा आएकाले ती कम्पनीको धितोपत्रमा बिक्रेताभन्दा क्रेता हाबी छन् । बिक्रेताभन्दा क्रेता धेरै भएकाले सेयरमूल्य निरन्तर बढ्दै आइरहेको छ ।

उता सामलिङ्ग पावर, माउन्टेन इनर्जी नेपाल लिमिटेड, बुद्धभुमी हाइड्रोपावर लगायतको सेयरमूल्य भने घटेको छ ।

उता नेप्से परिसूचक १९.२८ अंक घटेर २ हजार ५२५ बिन्दुमा झरेको छ । यस अवधिमा कुल ४० करोड ६१ लाख रुपैयाँ बराबरको सेयर खरीद बिक्री भएको छ ।