पाँच जना नक्कली परीक्षार्थी को को हुन् त ?

२० चैत्र २०७८, आईतवार १२:४७

शुक्रबार भक्तपुर र काठमाडौंका विभिन्न परीक्षा केन्द्रबाट पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्।

उनीहरु चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहको एकीकृत प्रवेश परीक्षामा संलग्न भएका थिए । महानगरीय अपराध महाशाखाको टोलीले आज उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा अमर पण्डित, अनिकेत चौधरी, रामआषिश यादव, इस्तियाक अहमद र सन्नीकुमार साह रहेका छन्।
उनहिरु अरुका नाममा परीक्षा दिन परीक्षा केन्द्रमा पुगेका अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।