स्थानीय तहको निर्वाचन दलीय आधारमा हुनु हुदैन

१९ चैत्र २०७८, शनिबार १९:३८

जनता प्रगतिशील पार्टी नेपालले २० चैत्र शनिबार एक प्रेस विज्ञप्ति रिलिज गरेको छ । उक्त विज्ञप्ति रिलिज पार्टीको केन्द्रियकार्य समितिको वैठकको निर्णय अनुसार गरिएको हो । उक्त रिलिज विज्ञप्तिमा लेखिएको छ ।

स्थानीय तहको निर्वाचन दलीय आधारमा हुनु हुदैन भनि जनता प्र्रगतिशील पार्टी नेपालको स्पष्ट धारणा रहदै आएको छ ।दलिय आधारमा हुदा सक्षम, क्षमतावान र इमान्दार जनप्रतिनिधीको निर्वाचित हुन कठिन हुने, धन, बल र कथित दलिय अनुशासनको अत्यधिक प्रयोग भएको विगतको निर्वाचनको कटु अनुभव रहेको छ । तथापि लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास रहेकोले जनता प्रगतिशील पार्टी नेपालले आगामी स्थानीय तहको निर्वाचनमा भागलिनेछ ।