
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री शेरबहादुर देउवाले भारसँग थप तीन वटा नयाँ हवाई रुट मागेका छन् ।
प्रधानमन्त्री देउवाले शनिबार भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्तामा नयाँ तीन वटा हवाई रुट महेन्द्रनगर, नेपालगंज र जनकपुर हवाई रुट उपलब्ध गराउन अनुरोध गरेका हुन्। भेटमा उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विषय पनि उठाएका हुन्। सो विमानस्थलमा क्यालिब्रेसन उडान सम्पन्न भइसको छ। अब व्यवसायिक उडानको तयारी गरिएको छ।
प्रधानमन्त्री देउवाले मोदीसमक्ष सीमा समस्याको विषय उठान गरेका छन्। हामीले सीमा समस्याको विषयमा छलफल गर्यौँम। मैले मोदीजीलाई स्थापित दुई पक्षीय संयन्त्रबाट सीमा समस्या समाधान गर्न आग्रह गरेँ दुई प्रधानमन्त्रको संयुक्त प्रेस सम्मेलनमा प्रधानमन्त्री देउवाले भने।
