
सत्ता गठबन्धनमा आवद्ध पाँच दलले रुपन्देहीमा स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेविरुद्ध चुनावी तालमेल गर्ने निचोडमा पुगेका छन्।
चुनावी तालमेलको आवश्यकता ठहर गर्दै त्यसका लागि जिल्लास्तरीय संयन्त्र गठन गर्ने नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले सो निर्णय गरेको छ ।
कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको संयोजकत्वमा नेकपा माओवादी केन्द्रका जिल्ला सयोंजक नारायण जिसी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामअवतार यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष राजु गुरुङ र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेको समिति गठन गरेको छ ।
उक्त समितिले आगामी स्थानीय तहको निर्वाचनकामा जिल्लाको वस्तुुस्थिति बुझी केन्द्रलाई सुुझाव पठाउने छ । भने जिल्लामा आवश्यक रणनीति तय गर्नेछ जिम्मेवारी पाएको छ । संयन्त्रले आआफ्नो पार्टीको स्थानीय तहमा बस्तुस्थिति बुझेर आफ्नो नेतृत्वको दाबीका विषयमा चैत २२ गते थप छलफल गर्ने जनाइएको छ ।
