नेपाल भ्रमणका लागि मोदीलाई देउवाले दिए निम्तो

१९ चैत्र २०७८, शनिबार १३:५५

भारतीय समकक्षी नरेन्द्र मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल भ्रमणको निम्तो दिएका छन्।
देउवाले मोदीलाई नेपाल भ्रमणको लागि शनिबार भएको भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा निम्तो दिएका हुन्।

यस्तै, भारतको जयनगर र नेपालको कुर्था जोड्ने रेलवे लाइनको उद्घाटन भएको छ।
नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट बटन थिचेर रेलवेको भर्चुअल उद्घाटन गरेका हुन्।

दुबै प्रधानमन्त्रीले अन्तरदेशीय रेलवेका लागि हरियो झन्डा पनि फहराएका थिए। दुई प्रधानमन्त्रीले झन्डा फहराएपछि जयनगरबाट रेल चलेको थियो।
उक्त रेलमार्ग भारतीय अनुदानमा बनेको हो।