
आज खोटाङको दिक्तेलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । बिहान साढे १० बजे अध्यक्ष ओली खोटाङको दिक्तेलमा पुगेका हुन् । उनले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमालेमा प्रवेश गराउने कार्यक्रममा सभागी हुन् खोटाङ पुगेका हुन् ।
निर्वाचनको संघारमा ओली देश दौडाहामा छन् । उनी शुक्रबार मात्रै देशको पश्चिमी क्षेत्रका जिल्लाहरूमा पार्टीले आयोजना गरेको कार्यक्रमहरूलाई सम्बोधन गरेर आएका हुन् ।
