गिरीलाई कसले गर्‍यो माओवादीमा प्रवेश गरेका भन्दैे फोन र म्यासेजे ?

१९ चैत्र २०७८, शनिबार ०५:३९

चर्चित अभिनेता तथा हास्य कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताएका छन् । गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेड लाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएको बताएका छन् ।

शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गिरी माओवादीमा प्रवेश भनेको हेड लाइन मात्रै हेरेर फोन र म्यासेज आएर हैरान परेको उनले लेखेका छन् । ‘म कहीँ गा छैन म कुनै एक पार्टीको होइन सबै पार्टीको हुँ’, गिरीले लेखेका छन् ।