
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा ४० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा पत्नी आरजु राणा, उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसाल,स्वास्थ्यमन्त्री विरोध खतिवडा लगायत विभिन्न सचिवालयसहित नेपाल वायु सेवा निगमको जहाजबाट दिल्ली उडेका हुन् ।

भारत पुगेपछि प्रधानमन्त्री देउवा स्थानीय समयअनुसार आज दिउँसो २ः५० मा भारतको नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने छन् ।
आजै दिउँसो साढे ४ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले होटल आईटीसीमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।


