
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )का महामन्त्री धवलशम्शेर राणा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे नेपालगञ्जमा बिहीबार बेलुकी कुराकानी भएको हो।
राप्रपा महामन्त्री राणा र एमाले अध्यक्ष ओलीबीच भेटका क्रममा स्थानीय चुनावबारे पनि छलफल भएको थियो।
महामन्त्री राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पनि हुन्।
अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक घटनाक्रम र वैशाखमा हुने स्थानीय चुनावलगायत विषयमा छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।
‘स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा प्रारम्भिक छलफल भएको छ,’ उनले भने, ‘एमाले र राप्रपाबीच संवाद गर्दै जाने भन्ने छ।’
