
सत्ता गठबन्धन चुनावी तालमेल सहित अघि बढ्ने निर्णय भएपनि चितवनमा भने कांग्रेसका नेताहरुले असन्तुष्टि जनाएका छन्
भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाललाई उठाउने प्रस्ताव भएपछि चितवन कांग्रेसका नेताहरुले असन्तुष्टि जनाएका हुन् । केन्द्रीय समितीको बैठकमै केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरुङ, अञ्जली श्रेष्ठलगायतले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै भनेका थिए ।
माओवादी कै हातमा चितवनको नेतृत्व सुम्पिने र कांग्रेसीलाई हसिया हथौडामा भोट हाल्न लाउने अवस्था सिर्जना हुने भएपछि त्यहाँका नेता कार्यकर्ताले चितवन बाहेक अन्य महानगरमा मात्र गठबन्धन गर्न दबाब दिदै आएका छन ।
यो पटक हामी भरतपुर महानगर छोड्दैनौँ ।’ उनीहरुले रेणु उठे कांग्रेसले भोट नहाल्ने बताँउदै प्रश्न गरेका थिए – बाबु–छोरीलाई नै एकै ठाउँमा उठ्न दिएपछि के हामी ताली पिटेर बस्ने ?’ तर कांग्रेसले छ वटै महानगरपालिकाको निर्णय केन्द्रबाट हुने निर्णय नै गरेको छ ।
यतिमात्र नभएर विरोधी आवाज दवाउन तथा प्रभावकारी तालमेलका लागि सत्ता गठबन्धनका दलले एक संयन्त्र बनाउने निर्णय पनि गरिसकेको छ । स्थानीय तहको निर्वाचमा खासै महत्व नभए पनि संसदीय चुनावमा भने गठबन्धन आवश्यक भएको निष्कर्षकै कारण देउवा गठबन्धनको मार्गमा अडिग बनेका हुन । तर असन्तुष्टि बुझेका उनले गठबन्धन विरोधी अभिव्यक्ती नदिन चेतावनी दिँदै आएका छन ।
