गठबन्धनमा अप्ठ्यारो त पर्नसक्छ तर समाधान गरेर अगाडि बढ्छौं : प्रधानमन्त्री देउवा

१७ चैत्र २०७८, बिहीबार १३:१४

सत्ता साझेदार दलहरूसँग चुनावी तालमेल हुने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। स्थानीय निर्वाचनमा सत्तागठबन्धनबीच तालमेल हुने निर्णय भइसकेकोले जस्तोसुकै अप्ठ्यारो पनि सामना गर्ने रिपोर्टस क्लबको वार्षिकोत्सवमा प्रधानमन्त्री देउवाले बताएका हुन्।

गठबन्धनका नेताहरूको सहयोगमा आफू प्रधानमन्त्री भएकाले ती पार्टीलाई अप्ठ्यारो पर्न नदिने उनले बताएका हुन्। उनले भने, ‘‘पार्टीले गठबन्धनलाई सँगै लैजानेन निर्णय गरेको छ यसमा दुई मत छैन। अरु पार्टीका नेताहरूले  मलाई सहयोग गर्ने पार्टीसँग मिलेर जाने हो। अप्ठ्यारो त पर्नसक्छ तर त्यसलाई समाधान गरेर अगाडि बढ्छौं। त्यसमा चिन्ता गर्ने कुरा छैन।”