
सत्ता गठबन्धन मूल्य र मान्यतामा आधारित भएर नबनेको टिप्पणी नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गरेका छन् । उनले भविष्यमा बन्न लागेको चुनावी गठबन्धनको मूल्य मान्यतामाथि पनि प्रश्न गरे ।
गठबन्धनका कुराहरु आउँछन् । गठबन्धन मूल्य र मान्यतामा आधारित हुनुपर्छ भन्ने हो,’ नेता नेम्वाङले रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्वसमा सम्बोधन गर्दै भने, ‘गठबन्धन मूल्य र मान्यता अनुसार भएन भने सम्बन्धितले दुःख पाउनुहुन्छ ।’
नेम्वाङले दलहरुबीच समझदारीमा जोड दिए । सहमति र समझदारीबाट संविधान निर्माण गरेकोले यसलाई यताहुने नहुने मान्यताका साथ अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘दलहरु अप्ठ्यारोमा पर्दा एक ठाउँमा बस्नुपर्छ प्रतिष्पर्धाका बाबजुद मिलेर अगाडि बढ्नुपर्छ ।’
