अर्घाखाँचीमा गठबन्धनका दलहरु एमाले भनिने ओलीको घमन्ड र तानाशाहका विरुद्द मिलेर जादै

१६ चैत्र २०७८, बुधबार २०:५३

अर्घाखाँचीमा क्रियाशिल राजनितिक दलहरुले एमालेलाइ बढार्ने प्रतिबद्धता जनाएका छन्। आज सन्धिखर्कमा भएको पाच दलिय मोर्चाको संयुक्त बैठकमा उनीहरुले यस्तो बताएका हुन् ।

बि.पि. स्मृति भवनको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र ,राष्ट्रिय जनमोर्चा , नेकपा समाजवदी ,जनता समाजवदीका नेताहरु तथा कार्यकर्ताहरुको सहभागिता थियो । कार्यक्रममा गठबन्धनका नेताहरुले प्रतिगमन र तनाशाहका विरुद्दमा कुनै पुर्वाग्रह नराखी एकजुट हुने प्रतिबद्धता पनि जनाए ।

स्थानिय निर्वाचन नजिकिदै जांदा अर्घाखाँचीका गठबन्धन दलहरु चुनावी दौडाहामा छन् । उनीहरुले पालिका स्तरिय कार्यक्रमको क्रममा यस अघि अर्घाखाँचीका अन्य पाच पालिकामा कार्यक्रम गरिसकेका छन् ।

नेपाली कांग्रेस अर्घाखाँचीका पुर्व जिल्ला सभापती कमल प्रसाद भुसालले एमालेलाइ गाली गर्न आवश्यक नरहेको बताउदै एमाले गाली गर्न पनि लायक नरहेको बताए । उनले पनि एमाले नपुंशक जस्तै भएको आरोप लगाए । गठबन्धन भित्र फरक फरक पार्टीहरु अलग अलग हिडेका सिपाहिहरुजस्तै भएकोले एकीकृत रुपमा हिड्न हुने अफ्ठेराहरुलाइ सहज बनाउदै जानुपर्ने बताए । उनले अब गठबन्धन एमालेलाइ गाली गर्ने तिर नलागेर एमालेलाइ भोट किनको उत्तर खोज्न लागिपर्ने बताए ।

नेकपा माओवादीकी शुशिला श्रीपालिले निर्वाचन प्रक्रिया गलत भएको आफुहरु त पुर्ण समानुपातिक निर्वाचनको पक्षमा रहेको उल्लेख गरिन् । तर अहिलेको स्थितिमा एमाले भनिने ओलीको घमन्ड र तानाशाहका विरुद्द मिलेर लाग्नुपर्ने र आफुहरु लागि पर्ने बताइन् । ओली र उनका आसेपासेहरुलेनै तत्कालिन नेकपा पार्टी फुटाएको आरोप लगाइन् । उनले नपत्याउने खोलाले बगाउछ भन्दै एमालेलाइ पत्तासफ पार्ने घोषणा गरिन् ।

यस्तै नेकपा समाजवदीका राम बहादुर चौहानले चुनाव चिन्ह ठूलो कुरा हैन भन्दै सुर्यमा ग्रहण लागेको अब रोगी सुर्य काम नलाग्ने बताए । उनले एमालेका कार्यकर्ताहरु निराश भएर कुनै दिन रुदै गुहार माग्दै समाजवदीमा आफै आउने ठोकुवा गरे ।

बैठक कार्यक्रममा जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन केसि ले केपी ओली लगायत एमाले विधि विधानको विरुद्दमा कम्मर कसेर लागेकोले देशलाइ विधि विधानमा चलाइ राख्न र प्रतिगमनलाई परास्त गर्न गठबन्धन शक्तिको आवश्यकता रहेको र एकजुट भएर लागि पर्ने आवश्यकता रहेको उल्लेख गरे ।