२०७९, ८ जेष्ठ आईतवार

अभिनेत्रीयद्वय माला लिम्बू र मुना गौचनले सलमान खानको कार्यक्रममा प्रस्तुति दिने

नेपाली अभिनेत्रीयद्वय माला लिम्बू र मुना गौचनले आगामी जेठ १४ गते हुने बलिउड अभिनेता सलमान खानको सांगीतिक कार्यक्रममा प्रस्तुति दिने भएका छन् ।

माला र मुनाले स्टेजमा नृत्य प्रस्तुत गर्ने आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले बताएका छन्। ‘उहाँहरुसँग मौखिक सहमति भएको छ,’ गुरुङले भने, ‘अन्य कलाकारको टुंगो लाग्न बाँकी छ ।’

मालाले यसअघि पनि सलमानको कार्यक्रममा प्रस्तुति दिने तय भएको थियो, तर कार्यक्रम स्थगित भयो । ‘यसपटक पनि स्टेजमा पर्फम गर्ने कन्फर्म छ, साइन हुन बाँकी छ,’ मालाले भनिन् ।

सलमान अभिनित फिल्मको कुनै एक चर्चित गीतसहित मालाले नेपाली गीत ‘झँकास झापाली’ र ‘काले दाइ’मध्ये कुनै एक गीतमा प्रस्तुति दिने भएकी छन् । ‘ट्रयाक फाइनल हुन बाँकी छ र केही दिनमा निधो हुन्छ,’ उनले भनिन् ।

मुम्बईमा रहेर मोडलिङ गर्दै आइरहेकी नेपाली अभिनेत्री मुनाले समेत सलमानको कन्सर्टमा प्रस्तुति दिने भएकी छन् । नेपाली फिल्म ‘जालो’बाट अभिनयमा डेब्यु गरेकी मुना कन्सर्टकै लागि मुम्बईदेखि नेपाल आउने तयारीमा छिन् ।

 


प्रकाशित | २०७८, १६ चैत्र बुधबार १३:५१

Leave a Reply

Your email address will not be published.