डिएसपी बालनरसिंह राणाको स्वाथ्यमा सुधार

१६ चैत्र २०७८, बुधबार १२:३२

मंगलबार डिएसपी बालनरसिंह राणाको स्वाथ्यमा समस्या देखिपछि ताप्लेजुङदेखि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

ताप्लेजुङमा कार्यरत डिएसपी राणालाई स्वाथ्यमा समस्या भएपछि हिजो प्रभु हेलिकप्टरबाट काठमाडौं ल्याइएपछि उनको स्वास्थ्यमा सुधार आएको छ।

उनको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ । आईसीयुमा उपचार भइरहेको र अवस्था सामान्य भएको प्रहरी अस्पतालकी एआईजी डा.आशा सिंहले बताइकी छिन् । प्रहरी प्रधान कार्यालयले केही दिनअघि राणालाई ट्राफिक प्रहरी महाशाखामा काज सरुवा गरेर ताप्लेजुङमा कैलाश राईलाई पठाएको थियो । तर, राणा काठमाडौंमा हाजिर भैसकेका थिएनन् । राणाको श्वासप्रश्वासमा समस्या देखिएको छ ।