पाँच दलीय गठबन्धन निर्वाचनसम्म जाने निश्चित भएपछि ओली तर्सिए

१६ चैत्र २०७८, बुधबार ११:४३

आज पार्टीका स्थानीय तह अध्यक्षहरूलाई प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै छन्।

भर्चुअल माध्यमबाट अध्यक्ष ओलीले आज दिउँसो २ बजे सम्बोधन गर्न लागेका हन्। हिजो कांग्रेस नेतृत्वमा रहेको पाँच दलीय गठबन्धन निर्वाचनसम्म जाने निश्चित भएको पछि आज ओलीले पार्टीको स्थानीय तह अध्यक्षहरूलाई निर्देशन दिन लागेका हुन् ।

उनले स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी खट्न निर्देशन दिने बताइएको छ ।
गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकमा ओलीले एमालेको पाखुरा देखेर कांग्रेस सभापति शेरबहादुर देउवा डराएको भन्दै जति नै दलको गठबन्धन बने पनि निर्वाचनमा पराजित गर्ने दाबी गरेका थिए ।