काभ्रेको पछिललो मत परिणामअनुसार वाम गठबन्धनका उम्मेद्वारहरु जीतको नजिक

२४ मंसिर २०७४, आईतवार ०२:२५

मंसिर २४, काठमाडौं । मंसिर २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा काभ्रे जिल्लाबाट चुनावी मैदानमा होमिएका बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुको मत परिणाम आइरहदाँ अहिलेसम्म बामकै उम्मेद्वाहरुको वर्चश्व कायम रहेको छ । २ ओटा निर्वाचन क्षेत्र रहेको उक्त जिल्लामा ४÷४ ओटा प्रदेशसभा रहेका छन् । हालसम्मको मतपरिणामअनुसार वाम गठबन्धनकै उम्मेद्वारहरुको मत बढी देखिएको छ । यो तथ्यांकअनुसार बाम उम्मेद्वारहरुले नै दुईटै निर्वाचन क्षेत्र आफ्नो पक्षमा जीत हासिल गर्न सक्ने संकेत देखाएको छ तथापी निर्वाचन क्षेत्र १ अन्र्तगत पनौती नगरपालिकाको मतले निर्णयक भूमिका निभाउनेछ । त्यस्तै निर्वाचन क्षेत्र २ मा भने बनेपा नगरपालिका र धुलिखेल नगरपालिकाले मापन गर्न सक्ने संकेत रहेको छ ।


निर्वाचन क्षेत्र १ अन्र्तगत प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेद्वारहरुले हालसम्म प्राप्त मत

तिर्थ लामा (नेपाली काँग्रस) –२३९३१ मत
गंगाबहादुर दोङ (माओबादी केन्द्र) – २७१७७ मत

प्रदेशसभा सभा १ तर्फ

सिवि लामा ( कांग्रेस) – १२७४३ मत
रत्न ढकाल (मा.के) – १९६३५

प्रदेश सभा –२ तर्फ

गणेश लामा (काग्रेस) – १२३५५ मत
चन्द्र लामा ( एमाले) – १३९५९ मत

निर्वाचन क्षेत्र २ अन्र्तगत प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यका उम्मेद्वारहरुले हालसम्म प्राप्त मत

मधु अचार्य ( कांग्रेस) १७५१० मत
गोकुल बाँस्कोटा (एमाले) २५७५० मत

प्रदेश सभा १ अन्र्तगत

सुन्दरमणी अचार्य (काँग्रेस)– ८४९९ मत
लक्ष्मण लम्साल (एमाले) – १३७३३ मत

प्रदेशसभा २ अन्र्तगत

कञ्चनचन्द्र बादे (काग्रेस) – ९३६५ मत
बसुन्धरा हुमागाई (एमाले)– १२६७४