
स्थानीय तह निर्वाचनमा कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेको छ। स्थानीय तह निर्वाचनमा आवश्यकता अनुसार तातमेल गर्न सक्ने निर्णय कांग्रेस केन्द्रीय समिति बैठकले गरेको प्रवक्ता प्रकाशशरण महतले बताए।
स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा पार्टी विजयी हुने बलियो परिस्थिति र आधार बनेको कांग्रेस केन्द्रीय समितिले ठहर गरेको छ। यसलाई अझ सबल र व्यापक बनाउन स्थानीय स्तरमा तालमेल गर्नु पर्ने कांग्रेस केन्द्रीय समितिको निष्कर्ष छ।
‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसाग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
