भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किन बोलाए प्रधानमन्त्री देउवालाई भारतमा ?

१५ चैत्र २०७८, मंगलवार १२:१६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन् ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको छ । प्रधानमन्त्री देउवाले शनिबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने सार्वजनिक तालिकामा उल्लेख छ । दुई प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा भेटवार्ता हुने छ ।

भ्रमणका क्रममा नेपालका प्रधानमन्त्रीसँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि भेट गर्नेछन् । प्रधानमन्त्री देउवा आइतबार स्वादेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाको साथमा उनकी पत्नी आरजू राणा, पराराष्ट्रमन्त्री नारायण खड्कासहितको टोली भारत जानेछ ।