गठबन्धनको विषयमा कांग्रेसले आधिकारिक धारणा कस्तो सार्वजनिक गर्ला ?

१५ चैत्र २०७८, मंगलवार १०:५५

स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने बारेमा नेपाली कांग्रेसले आधिकारिक धारणा आज सार्वजनिक गर्ने भएको छ ।

अधिकांशले आफ्नो राय गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा दिइसकेकाले आजको बैठकले गठबन्धनका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने भएको हो ।प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनमा पक्षमा छन्, भने शेखर कोइराला समूह गठबन्धनको विपक्षमा छ ।

यसरी पार्टीभित्र दुई धारणा सार्वजनिक भइरहेको बेला कांग्रेसको आजको बैठकले आधिकारिक धारणा दिने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।