
नेपाली कांग्रेसका दुई महामन्त्रीको स्थानीय तह चुनावमा गठबन्धन गर्नेबारे मत फरक(फरक आएको छ।
महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह चुनावमा गठबन्धन गर्न पर्ने पक्षमा रहेका छन् । यस्तै अर्का महामन्त्री गगन थापाले गठबन्धन गर्दा कांग्रेसलाई फाइदा नहुने बताएका छन् ।
महामन्त्री थापाले नयाँ मतदातालाई रूखबाहेक अन्य चिन्हमा भोट हाल्न लगाउँदा अर्को चुनावमा ती मतदाताले रूखमै भोट हाल्छन् कि हाल्दैनन् भन्नेतर्फ सचेत हुनुपर्ने आज सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै बताएका थिए।
तर महामन्त्री शर्माले भने ०७४ मा पार्टीले धेरै सिट हारेकोले जित्नका लागि आवश्यकताका आधारमा गठबन्धन गर्न सकिने बताएका छन्।
