
केही महिनादेखि अभियन्ताको नाममा चर्चामा रहेकी तारा बरालको जीवन रक्षाको लागि प्रधानमन्त्री शेरबहादुर देउवासामु ज्ञापनपत्र बुझाउन लागिएको छ ।
विभिन्न अभियन्ताले आज आमरण अनशन बसेकी तारा बरालको जीवन जोगाइदिन आग्रहसहित प्रधानमन्त्री देउवासामु ज्ञापनपत्र बुझाउन लागेका हुन् । उनीहरुले साढे ११ बजे ज्ञापनपत्र बोकेर प्रधानमन्त्री देउवासाम जाने बताएका छन् ।
बराल आमरण बसेपछि उपचारको निम्ति अघिल्लो साता वीर अस्पताल लगिएको छ । उनी त्यहिँ अनसन बसेपछि जीवन रक्षाको निम्ति अरुले आग्रह गरेका हुन् ।
गत मंसिरमा पनि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको समर्थनमा कानुन व्यवसायीहरुलाई कारबाहीको माग गर्दै आमरण बसेकी थिइन् । वीर अस्पतालको आईसीयुमा सरकारी प्रतिनिधिहरुसँग सहमति पछि अनसन तोडेकी हुन् ।
