नेप्सेमा चार कम्पनीको बोनस सूचीकृत, ककसले दिदैछन बाेनस सेयर ?

१४ चैत्र २०७८, सोमबार ०६:२३

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको बोनस सूचीकृत भएको छ । आइतबार दुई तथा शुक्रबार दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

स्टकका अनुसार आइतबार एशियन लाइफ इन्स्योरेन्स र सबैको लघुवित्त तथा शुक्रबार मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको बोनस सूचीकृत भएको हो ।

आइतबार एशियन लाइफ (ALICL) को चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने ५२ लाख ९० हजार ७४२ दशमलव ७२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट उक्त बोनस सेयर वितरण गरेको थियो ।

यस्तै, सबैको लघुवित्त (SABSL) को चुक्ता पूँजीको ३१.०५ प्रतिशतले हुन आउने ६ लाख ३९ हजार ७२७ दशमलव ५० कित्ता बोनस सेयर पनि आइतबार सूचीकृत भएको छ । लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट उक्त बोनस सेयर वितरण गरेको थियो ।

यसैगरी नेप्सेमा शुक्रबार मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड र रएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड गरी २ कम्पनीको बोनस सेयर सूचीकृत भएको थियो ।

मञ्जुश्री फाइनान्स (MFIL) को चुक्ता पूँजीको ४० प्रतिशत बोनस बापतको ३८ लाख ६१ हजार ५७९ दशमलव ५६८० कित्ता सेयर सूचीकृत भएको हो । फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट उक्त बोनस सेयर वितरण गरेको थियो ।

त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) को ५ प्रतिशत बोनस बापतको ५ लाख ८२ हजार ४८२ कित्ता सेयर पनि शसक्रबार नेप्सेमा सूचीकृत भएको थियो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट उक्त बोनस सेयर वितरण गरेको थियो ।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।