नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सुचिकृत,आजबाट काराेबारमा आउने

१४ चैत्र २०७८, सोमबार ०६:१९

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आइतबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।

चुक्ता पूँजीका आधारमा कायम कुल २५ लाख ५० हजार कित्ता सेयर नेष्डोले सूचीकरण गराएको हो ।

आइतबार सेयर सूचीकृत भएसँगै संस्थाको आईपीओ भोलिदेखि दोश्रो बजारमा लगानीकर्ताले कारोबार गर्न सक्नेछन् ।

कम्पनीको चैत १४ गतेदेखि धितोपत्रको दोस्रो बजारमा सोमबारदेखि कारोबार सुचारु हुनेछ ।

लघुवित्तले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएर बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गरेको थियो ।

आईपीओ भाग्यमानी ७७ हजार ४५६ जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । सेयर पाएकामध्ये ३ जनाले थप एक।एक कित्ता गी ११ कित्ता पाएका थिए । आईपीओमा अन्तिम दिनसम्ममा २५ लाख २७ हजार १ सय १ जनाबाट २ करोड ८७ लाख ८१ हजार ५ सय २० कित्ताका लागि आवेदन परेको थियो । २५ लाख २२ हजार ९ सय ५५ जना योग्य थिए भने ४ हजार १४६ जनाको आवेदन रद्द थियो ।

लघुवित्तको सेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।