काभ्रेको २ ओटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको वर्चश्व कायमै

२३ मंसिर २०७४, शनिबार १४:३८

मंसिर २३, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी जारी छ । मतगणना क्रममा काभ्रे जिल्ला निर्वाचन क्षेत्र १ र २ को अहिलेसम्मको मतपरिणाममा वाम गठबन्धनकै उम्मेद्वार अग्रस्थानमा रहेका छन् ।

निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभा सदस्यतर्फ वाम गठबन्धनका सझा उम्मेद्वार नेकपा माओवादी केन्द्रका गंगाबहादुर दोङले १५३८४ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेद्वार तिर्थबहादुर लामाले १४६३७ मत प्राप्त गरेका छन् । त्यस्तै निर्वाचन क्षेत्र १ अन्र्तगत प्रदेशसभा सदस्य (क) मा काँग्रेसका उम्मेद्वार सिवि लामा ७२२३ मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका उम्मेद्वार रत्न ढकालले १२०५० मत ल्याएर अग्रस्थान रहेका छन् ।

त्यस्तै प्रदेश सभा (ख) मा नेपाली काँग्रेसका उम्मेद्वार गणेश लामाले ७६३० मत प्राप्त गरेका छन् भने वाम गठबन्धनका साझा उम्मेद्वार नेकपा एमालेका चन्द्र लामाले ७९२४ मत ल्याएर अग्रस्थानमा रहेका छन् । मत गणना जारी छ ।

 

त्यसै गरी निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यका लागि बाम गठबन्धनका उम्मेदवार गोकुल बास्कोटा ४ हजारभन्दा बढी मतका साथ अग्रस्थानमा छन् । उनको १५६८२ मत रहेका छ । भने उनका प्रतिद्धन्द्धि नेपाली काँग्रेसका उम्मेदवार मधुआचार्यको मत ११२१२ रहेको छ ।