सप्तरीको भारदहमा बस पल्टँदा १७ यात्री घाइते

२३ मंसिर २०७४, शनिबार १४:११

मंसिर २३, काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा शनिबार बस पल्टँदा १७ यात्री घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ४९० नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को१च ५७९ नम्बरको एम्बुलेन्स एकापसमा ठोक्किँदा बस पल्टिएको हो ।

इलाका प्रहरी कार्यालय भारदहकाअनुसार बसमा सवार १६ यात्री र एम्बुलेन्स चालक घाइते भएका छन् ।

घाइतेमध्ये १० जनाको विराटनगरस्थित गोल्डेन अस्पताल र अन्य सातको भारदह अस्पतालमा उपचार भइरहेको छ । रासस