गठबन्धन गर्नु हुँदैन भन्ने नेताहरूप्रति देउवा किन आक्रोश भए ?

१२ चैत्र २०७८, शनिबार १६:४१

माओवादीलाई गठबन्धन गरेर नलाने हो भने प्रचण्ड कुनै पनि बेला एमालेसँग मिल्न जाने नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै गठबन्धन गर्नु हुँदैन भन्ने नेताहरूप्रति आक्रोश पोख्दै देउवाले यस्तो बताएका हुन् । उनले एमाले अझै बलियो बन्दै गएको र नेपालमा कम्युनिस्टको धेरै ठूलो संख्या रहेकाले गठबन्धन आवश्यक भएको बताए ।

सभापति देउवाले भने, ‘गठबन्धन कांग्रेस जिताउन गर्ने हो । हिजो शेखर कोइराला हारेको होइन ? हाम्रो हालत के थियो ? एमालेलाई फुटेको नसोचौँ, केपी ओली झन् बलियो बनेका छन् । भोलि माओवादीहरू एमालेसँग मिल्न गए भने ? प्रचण्ड हार्न चुनाव लड्छ ? मिल्दिन्छ नि जहाँ जितिन्छ त्यहीँ ? लखेटेपछि कहाँ जान्छन् ? ओलीलाई कमजोर नआँकौँ, धेरै बलियो छ एमाले ।