
केपी ओली नेतृत्वको नेकपा एमालेले दुई तिहाइ सिट ल्याउन नसक्ने नेकपा एकीकृत समाजावादीका सम्मानित नेताु झलनाथ खनालले बताएका छन्।
नेता खनालले आज समाजवादी प्रेस संगठनको विस्तारित बैठकलाई सम्बोधन गर्दै खनालले भने, अब केपी ओलीले ल्याउने भनेको दुई तिहाइ होइन, त्यसको उल्टो दुई तीनवटा चाहिँ ल्याउन सक्छन्। त्यहाँभन्दा बढी ल्याउन सक्ने मैले देखेको छैन।
उनले दुई तिहाइ कहिलेकाहीँ मात्रै प्राप्त हुने उपलब्धि भएको बताए। संसद्मा नेकपाको दुई तिहाइ रहेको बेलामा धेरै काम गर्न सक्ने अपूर्व अवसर भए पनि ओलीले अवसर अनुसार काम नगरेको उनको भनाइ छ।
